गौर हत्याकाण्डका पीडित ५ दिन देखि धर्नामा

होमल्याण्ड खबर

२०८० श्रावण १७ गते, बुधबार १०:४२ मा प्रकाशित

गौर हत्याकाण्डको दोषीलाई कारबाहीको माग गर्दै पीडितहरूले ५ दिन देखि धर्ना जारी राखेका छन्।

रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन्।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ।

२०६४ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र जनअधिकार फोरमका कार्यकर्ताबीच भएको झडपमा परेर २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।