माओवादीले केन्द्रीय समिति विस्तार गर्ने

होमल्याण्ड खबर

२०८० श्रावण १७ गते, बुधबार ११:३० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ।

अहिले ३८५ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने भएको हो।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ।

उक्त निर्णय अनुसार आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने जनाइएको छ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गरिने छ।