१० मंसिर २०८१, सोमबार
रकारीबाट ठगिएका पीडितहरुले काठमाडौंमा सडक बन्द गराएर प्रदर्शन गरेका छन्।
लामाे समयदेखि माइतीघर मण्डलमा आन्दोलन गरीरहेका सहकारी पीडितहरूले बिहीवार बिजुलीबजार क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्।
विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सहकारी पीडितहरू सडकमा उत्रिएका छन्।
पछिल्लो समय सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नदिने तथा सञ्चालक नै फरार हुन थालेपछि बचतकर्ताहरु आन्दोलित भएका हुन् । देशभरका सहकारी पीडितहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।