सामाखुसी खोलामाथिको ढलान महानगरले भत्कायो

होमल्याण्ड खबर

२०८० श्रावण १९ गते, शुक्रबार १५:११ मा प्रकाशित

 काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ ।

सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो । खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ ।

महानगरले सामाखुसी, रानीबारी लगाएतका क्षेत्रको सवै ढलान हटाउने जनाएको छ । केहि दिन अघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्दारमा समस्या भएको थियो ।