चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग

होमल्याण्ड खबर

२०८० श्रावण २१ गते, आईतवार १०:४३ मा प्रकाशित

विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिको प्रक्रिया अगाडि बढेको छ। संवैधानिक परिषद्को बैठकमा रिक्त रहेका संवैधानिकका पदमा नियुक्ति गर्ने निर्णय भएसँगै प्रक्रिया अगाडि बढाइएको हो।

संवैधानिक परिषद्को सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो ।

संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

एकभन्दा बढी पदका लागि आवेदन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम भर्नुपर्ने सचिवालयको सूचनामा उल्लेख छ।