१ चैत्र २०८२, आईतवार
सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अडान कायमै छ।
उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ।


दुवै सदनका बैठक अवरुद्ध हुँदा सांसदले बोल्न पाएका छैनन् भने कार्यसूची प्रभावित भएको छ।
प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरेमा सदन चल्न दिने आइतबार सभामुखसँगको छलफलमा बताएको छ।
सभामुख देवराज घिमिरेले आइतबार प्रमुख दलका केही नेतासँग गरेको छलफलमा छानबिन समिति गठन गर्ने प्रतिबद्धता गरे मात्र सदन चल्न दिने एमालेले अडान लिएको थियो।
यसैबीच साेमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठक बस्नु अघि सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।