एमालेको अबरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

होमल्याण्ड खबर

२०८० श्रावण २२ गते, सोमबार १३:५३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।