नेविसंघका दुई समूहको विरोधले सानेपामा तनाव, देउवाको घर घेर्ने चेतावनी

होमल्याण्ड खबर

२०८० श्रावण २४ गते, बुधबार १५:५३ मा प्रकाशित

नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।

विद्यार्थी नेताहरू योगेन्द्र रावल, अशोक विष्ट, विनोद शाही लगायतको समूह नेविसंघको समान्तर कमिटी घोषणाका लागि सानेपा पुगेका थिए । प्रहरी परिचालन गरेर उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएको छ । कमिटी विस्तारको विरोध भएपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समर्थक विद्यार्थीहरू सानेपा पुगेर प्रतिवादमा उत्रिए ।
घमा समानान्तर समिति घोषणाको तयारी

दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले रोकेको थियो । पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि भोलि सभापति देउवाको घर घेर्ने नेता रावलले चेतावनी दिएका थिए ।