९ मंसिर २०८१, आईतवार
अष्ट्रेलिया र न्युजिल्यान्डमा जारि फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलना प्रवेश गरेको छ।
शुक्रबार बिहान वेलिटंनमा भएकाे पहिलो क्वाटरफाइनल खेलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
स्पेनकि साल्मा पारेलुले १ सय ११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।
यो संगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।
अघिल्लो संस्करणको उपविजेता नेदरल्यान्ड्स भने अन्तिम ८ बाटै घर फर्किएको छ।
सेमिफाइनल प्रवेशका लागि आजै पूर्वच्याम्पियन जापान र स्विडेन आमने सामने हुँदै छन्।