२४ बैशाख २०८३, बिहीबार
दोलखाको गोपीखोलामा बस दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौं जाँदै गरेको बा२ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले १६–१७ जना घाइते भएका प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।


घाइतेलाई भर्खरै चरिकोटस्थित विभिन्न अस्पतालमा पुर्याएर उपचार थालिएको प्रहरीले जनाएको छ ।