सरकारी कार्यालयमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण २८ गते, आईतवार ११:१७ मा प्रकाशित

तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत सरकारी कार्यालयमा ताला लगाउने निर्माण व्यवसायीमाथि प्रहरी हस्तक्षेप भएकाे छ।

ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीमाथि हस्तक्षेप गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

व्यावसायीहरुले विभागमा भने ताला लगाइदिएका छन् । ताला लगाएर धर्नामा बसेका व्यवसायीहरूलाई नियन्त्रणमा लिनुका साथै त्यहाँ भेला भएका निर्माण व्यावसाय सम्वद्ध व्यक्तिहरुलाई हटाइएको थियो ।

आफूहरुले गरेको कामको भुक्तानी दिन माग गर्दै निर्माण व्यावसायीहरुले आन्दोलन गर्दै आएका छन् । महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।