२३ फाल्गुन २०८२, शनिबार
नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेलाई अध्यक्ष र पारसलाई सदस्य सर्वसम्मत निर्वाचित गरेको हो।


उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द चयन भएका छन्।
पूर्वकप्तान खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योति गुरुङ सदस्यमा निर्वाचित भएका छन् ।
पारस खेलाडि जीवनबाट सन्यास लिएपछि क्यानको नेतृत्वमा जाने योजनासहित लागेका छन् ।