५ मंसिर २०८१, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।
आज रास्वपाकाे पार्टी कार्यालय वनस्थलीमा भएकाे भेटमा उनीहरूबीच नेपाल र चीनका आपसी चासोका विषयहरुमाथि छलफल भएको रास्वपाले जनाएको छ।
साथै उनीबीच मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरुमा छलफल भएको थियो ।
सो अवसरमा राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथाशीघ्र समाधानको पहल गरिने बताए।
भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएको रास्वपाले जनाएको छ ।