२४ बैशाख २०८३, बिहीबार
सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो ९सीआईबी०ले उनीहरूलाई पक्राउ गरेको हो। योसहित सुन प्रकरणमा विदेशी नागरिकसहित १७ जना पक्राउ परिसकेका छन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।


सुन तस्करी प्रकरणमा भारतीय,चिनियाँ र नेपाली नागरिक गरी १७ जना प्रहरी हिरासतमा छन् । यसअघि मंगलबार साँझ विमानस्थलबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले थप ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको बताए । तर, उनले पक्राउ परेका थप चिनियाँहरूको विवरण दिन चाहेनन्।
पक्राउ परेका १७ जनाविरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान भइरहेको छ। सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।