अपडेट : त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० भाद्र ६ गते, बुधबार १२:४२ मा प्रकाशित

काठमाडौं। काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ।

आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ।

घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । जसमध्ये ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।