२४ बैशाख २०८३, बिहीबार
कालीमाटी तरकारी बजारमा भारतको प्याज आउन छोडेको छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै कालीमाटीमा भारतको प्याज आउन छोडेको हो ।
आइतवार रातिदेखि नै कालीमाटीमा भारतीय प्याज भित्रिएको छैन । सामान्य अवस्थामा भारतबाट दैनिक एक सय टन प्याज भित्रिँदै आएको थियो ।


भारबाट भित्रिन छाडेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै हटाएको छ ।