५ मंसिर २०८१, बुधबार
काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको टिप्पणी गरेका छन् ।
जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र एक जना पनि मन्त्री उपस्थित नभएपछि उनले आपत्ति जनाए ।
उनले भने, ‘प्रधानमन्त्री र एक जना पनि मन्त्री बैठकमा नदेखिनु यो सदनको अपमान हो ।’
मन्त्रीहरु बेगर सदन अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘सभामुख महोदय सरकारको खोजी गरिपाऊँ।’