प्रधानमन्त्री प्रचण्डद्वारा भूकम्पले क्षतिग्रस्त सिंहदरबार भवनको निरीक्षण

होमल्याण्ड खबर

२०८० भाद्र ७ गते, बिहीबार १५:२७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।

आज दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्न भएपछि देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडी एनिमेशनको अवलोकन पनि गरेका थिए । उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिए ।