४ जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

होमल्याण्ड खबर

२०८० भाद्र ८ गते, शुक्रबार १३:१९ मा प्रकाशित

लगानी बोर्डले ४ वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ५५औं बैठकले ४ जलविद्युत् परियोजनाहरू ९रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना० का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।

बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिजन इनर्जी को लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ।

बोर्डको बैठकले नेपालमा रासायनिक मल कारखाना ९ग्रीन क्याल्सियम अमोनिय नाइट्रेड० स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियाको रिनिकोलासडेन बीएडीसँग गरिने समझदारीको मस्यौदा पनि स्वीकृत गरेको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले विभिन्न परियोजनाहरूको सम्बन्धमा गहन छलफल भई महत्वपूर्ण निर्णय भएको बताए।