२४ बैशाख २०८३, बिहीबार
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम पेशी आज ९आइतवार०का लागि तोकिएको छ।
सन्दीपले सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन्।


सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ।
अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो।
नाबालिग बलात्कार आरोप लागेका सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ भदौ १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । उक्त दिन खतिवडाको इजलासले ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गरेर पेश गर्न आदेश दिएको थियो ।
आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने भनेको थियो । अहिले सबै कागजातहरु अदालतमा पुगिसकेकोले सन्दीपविरुद्धको अन्तिम बहस आजलाई तोकिएको छ ।