१ चैत्र २०८२, आईतवार
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसिरहेकाे छ।
पार्टी कार्यालयमा बसेकाे बैठकमा एकीकृत समाजवादीको भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति कसलाई बनाउनेबारे छलफल भइरहेकाे बताइएकाे छ।


एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बझाङ–१ बाट निर्वाचित सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने तयरी गरेकाे छ।
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।