पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० भाद्र ११ गते, सोमबार १०:४४ मा प्रकाशित

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटना आइतबार रातीको हो ।

तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ। दुर्घटनामा परी सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि नरशेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यस्तै, मोटरसाइकलको पछाडि बसेका नवलपरासी श्रवल गाउँपालिका(१ का २८ वर्षीय प्रकाश थारू घाइते भएको प्रहरीले जनाएको छ।

घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।