९ मंसिर २०८१, आईतवार
नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले मंसिर ६–९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा निर्माणसम्बन्धी एक्स्पो आयोजना हुने भएको छ ।
दोस्रो संस्करणको बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०७५ को मुख्य उद्देश्य सुरक्षित र दिगो निर्माणका लागिप्राविधिक रूपान्तरण रहेको आयोजक नेपाली निर्माण व्यवसायीहरूको युवा समुदायले जनाएको छ ।
एक्स्पोमा नेपाल इन्जिनियरङ एसोसिएसन (एनइए), सोसाइटी अफ नेपाली आर्किटेक्ट (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरङ फर्म (स्काफ) तथा ब्रान्डवर्थको सह–आयोजनामा हुने मेलाको मुख्य प्रायोजक अर्घाखा“चीसिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्ष्ँमादेवी बिल्डिङ मटेरियल्स छ ।
मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्मँण व्यवसायी महासंघले सहयोग गरेको छ । मेलामा निर्माण क्ष्ेत्रमा भित्रिएका नविनतम प्रविधिहरूको पनि प्रदर्शनी हुने आयोजकले बताएको छ । ल्यान्ड एन्ड हाउजिङ कम्पनी, पेन्ट्स, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एन्ड फर्निसिङ, स्टिल, इँटा तथा मार्बल, विद्युतीय सामग्री, बैंक तथा वित्तीय संस्था, बिमा, सौर्य ऊर्जालगायतको गरी मेलामा २ सय बढी स्टल रहनेछन् । मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि सा“झ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलाको २ लाख बढीले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादक तथा विक्रेतालगायत सबै सरोकारवाला पक्ष्ँलाई एकै ठाउ“मा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गर्न लागिएको हो ।