२४ बैशाख २०८३, बिहीबार
नेपाली सेनाको डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन्। आइतबार साँझ ‘इभिनिङ वाक’ जाने भन्दै व्यारेक बाहिर निस्किएका उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलका अनुसार पण्डितको खोजीमा नेपाली सेना र नेपाल प्रहरीको डीएसपी नेतृत्वको टोली परिचालन गरिएको छ।


नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले गुल्मका प्रमुख विमल पण्डितका विषयमा सूचना आएको बताए। तर आधिकारिक पुष्टि भइनसकेको उनको भनाइ छ।