५ मंसिर २०८१, बुधबार
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र लयमा फर्किन लागेको बताएका छन् ।
मंगलबार संसदमा प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्र बैंकको हालै प्रतिवेदन अनुसार सूचक सकारात्मक भएको बताएका हुन् ।
जग्गाको कित्ताकाट पूर्ण रूपमा खुलाउने उनले बताए । चीन भ्रमणलाई थप उचाइमा पुर्याउने र नाकाहरू खुलाउन पहल गरिने उनले बताए ।
सुशासन, सामाजिक न्यायलाई मुख्य केन्द्रमा राखेर देश र जनताको हितमा काम गरिरहेको उनको दाबी छ । भ्रष्टाचार नियन्त्रण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अहिले संसदमा सांसदले राखेका प्रश्नको जवाफ दिइरहेका छन् ।