९ मंसिर २०८१, आईतवार
अन्तर्राष्ट्रिय कोल्याबोरेसन‘स्टे ओपन’को व्यापक सफलता पछि टुर्बोगले ‘आर्बिट्ररी ग्रुप’को सहकार्यमा सफलतापूर्वक टुर्बोग ओपन सेसन्स्ल्याइएको थियो र अब ‘टुर्बोग ओपन सेसन्स्’अन्तर्गतकै ‘ड्रिम बिग प्रोजेक्ट’ल्याउँदै छ । टुर्बोग ओपन सेसन्स् ‘हर्षको गीत’बाट सुरु भएको थियो र हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युबच्यानल,‘च्यानल आर्बिट्ररी’ मा गीतहरू प्रदर्शन भइरहेको छ ।
उक्त ओपन सेसन्स्मा मनोजकुमार केसी, बिधान श्रेष्ठ, दीपक बज्रचार्य, उदय सोताङ, शीतल मोक्तान, श्रेया सोताङ, रोहितजोन क्षेत्री, स्वप्न सुमनलगायत नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकारहरू रहेको कम्पनीले जनाएको छ । ओपन सेसन्स्मा अलि–अलि, प्रिय, तिमीलाई सम्झी, माछी मारन, म हुँ म, कुनै दिन, जीवन, उ पो को होला, तिमी र म, रानी बनैमा, किन हो किन, अपराधी, बिर्सिने हौ कि, औंल्याई सक्यो जस्ता गीतहरू समावेश गरिएको छ । उक्त गीतहरूले सामाजिक सञ्जालमा कुल २० लाख दर्शकमार्फत ३० लाखभ्यु पुराइ १ करोड चोटी प्रभाव पार्न सफल भएको पनि दाबी गरेको छ ।
टुर्बोग ओपन सेसन्स्, एउटा युट्युब श्रृंखला हो जसमा, लोकप्रिय तथा चल्तीका नेपाली कलाकारहरूको स्टुडियोमा प्रत्यक्ष प्रसारण गरिन्छ । पुराना नेपाली लोकप्रिय गीतहरूदेखि चल्तीका गीतहरू समावेश गरिन्छ । उक्त डिजिटल प्ल्याट्फर्ममा नेपाली संगीतलाई विभिन्न शैलीमा प्रस्तुत गरिन्छ । निकै सफलतापाएको टुर्बोगको अन्तर्राष्ट्रिय सांगीतिक ट्रयाक स्टे ओपनको अवधारणालाई पछ्याउँदै टुर्बोग ओपन सेसन्स् सुरु भएको हो । उक्त ट्रयाक, टुर्बोग ओपनका लागि अमेरिकी निर्माता तथा डिजे डिप्लो र डेनिस गायिकामोको सहकार्यमा रेर्कड गरिएको थियो ।
ट्रयाकको नेपाली संस्करणको लागि रापर लाउरे र गायक तथा संगीतकार बिपुल क्षेत्रीले ओपन टु मोर को औचित्यलाई प्रस्तुत गर्र्दै ट्रयाकको शब्दहरू पुनः लेखन गरेका थिए । टुर्बोगको सहयताले नेपाली कलाकारहरू लाउरे र बिपुलले अन्तर्राष्ट्रिय कलाकारहरू डिप्लो र मोसँग सहकार्य गरी एक कोल्याबोरेटिभ गीत र भिडियो प्रस्तुत गर्न सफल भए ।