गौ हत्याविरुद्ध कानुनका विद्यार्थीहरूद्धारा माईतिघरमा प्रदर्शन

होमल्याण्ड खबर

२०८० भाद्र १२ गते, मंगलवार १५:०६ मा प्रकाशित

कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् । मंगलबार गाई मार्न पाईदैन, कानूनको पालना गरलगायतका नारासहित काठमाडौंको माईतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।

उक्त प्रदर्शनमा सहभागि विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भईरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए । ‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौं ।’