एसिया कप आजदेखि, नेपाल र पाकिस्तान भिड्दै

होमल्याण्ड खबर

२०८० भाद्र १३ गते, बुधबार १४:१५ मा प्रकाशित

एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुन लागेकाे हाे।

एसिया कपको १६ औँ शृङ्खलामा ओडिआई क्रिकेटको वरीयतामा शीर्ष स्थानको पाकिस्तान र तेस्रो स्थानको भारतसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको छ।

नेपाली समयअनुसार दिउँसो आज ३ बजेर १५ मिनेटमा पाकिस्तानकाे मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल्न लागेको हो।

पाकिस्तानविरुद्ध खेल्न नेपालले बलियो टोली उतारेको छ। खेलअघि हिजाे भएको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले नेपालले एशिया कपमा डेब्यू गर्न लागेकाले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालीका लागि उत्सव जस्तै हुने बताएका छन्।

रोहितले पाकिस्तानविरुद्ध खेल्न आफूहरु आतुर रहेको र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन्।

नेपालले दाेस्राे खेल ४ सेप्टेम्बरमा श्रीलंकाकाे क्यान्डीमा भारतसँग खेल्नेछ ।

कराँचीमा अभ्यास गरेपछि नेपाली टिम आइतबार मुल्तान पुगेको थियो । खेलका लागि पाकिस्तानी टिम पनि मुल्तान पुगिसकेको छ ।

एसिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुँदै छन्।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिश जीसी, मौसम ढलका, सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद।

पाकिस्तानी टोली: 

बाबर आजम (कप्तान), अब्दुल्लाह शाफिक, फखर जमान, इमामुल हक, सल्मान अली अघा, इफ्तियार अहमद, तयाब ताहिर, मोहम्मद रिजवान, मोहम्मद हरिस, शदाब खान, मोहम्मद नवाज, उसमा मीर, फहीम अस्रफ, हरीश रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन अफ्रिदी।