९ मंसिर २०८१, आईतवार
नेपालालई तेस्रो सफलता मिलेको छ। पाकिस्तानका मोहम्मद रिजवान ४४ रनमा आउट भएका छन्। उनलाई दिपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन्।
५० बल खेलेका उनले ६ चौकासहित ४४ रन बनाएका थिए। उनले बाबर आजमसँग उत्कृष्ट साझेदारी गरेका थिए। बाबर ४३ रनमा अविजित हुँदै खेलिरहेका छन्।
एसिया कपमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानले सय रन पूरा गरेको छ। क्रिजमा रहेका बाबर आजम र मोहम्मद रिजवानले ७५ रनको उत्कृष्ट साझेदारी गरेसँगै पाकिस्तानको सय रन पूरा भएको हो।