५ मंसिर २०८१, बुधबार
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार बस्ने गरी बैठक बाेलाइएकाे उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाइएकाे पाण्डेले बताए।
उनका अनुसार सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन ।
साथै सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ।