गैंडाको खागसहित चारजना पक्राउ

होमल्याण्ड खबर

२०८० भाद्र १७ गते, आईतवार १६:१४ मा प्रकाशित

 प्रतिबन्धित गैंडाको खागसहित चारजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले गैंडाको खागसहित दोलखाको मेलुङ्ग गाउँपालिका- ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका- ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका- १ का कर्ना तामाङलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- ७ हरहर महादेवस्थानबाट दुईजनालाई र उनीहरुको बयानको आधारमा थप दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ