५ मंसिर २०८१, बुधबार
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान कसैले राेक्न नसक्ने बताएका छन्। सरकारको पहिलो शर्त नै सुशासन भएको कुनै प्रकारका अवराेधबाट आफू पछि नह्टने बताएका हुन्।
ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताए ।
उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, फेरि तैँ चुप मैचुप होस्, जस्तो पहिला थियो अहिले त्यस्तै यथास्थिति कायम होस्। पद मात्रै खाएर बसिराखोस् नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन्। म कबुल गर्न चाहन्छु। हामी विश्राम लिनेछैनौँ। सुशासनको अभियानलाई जारी राख्नेछौँ।’
सुशासन विरोधी अभियानलाई जनताकाे समर्थन रहेकाे बताए।
उनले भने, ‘भ्रष्टाचार, तस्करी, कमिसनखोर, कानूनको उल्लंघन गर्नेहरूलाई दण्डित गरेर नेपालमा शान्ति सुरक्षाको व्यवस्था नगरेसम्म विकास र समृद्धिले फड्को मार्ने सम्भावना भएन। अहिलेको सरकारले समृद्धिको अभियानको लागि भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको छ।’