नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै संकेत थिएन : शिक्षण अस्पताल

होमल्याण्ड खबर

२०८० भाद्र २६ गते, मंगलवार १६:१७ मा प्रकाशित

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउनेबित्तिकै जाँच गर्दा जीवनसम्बन्धी कुनै चालन नदेखिएको बताएको छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्त कुमार दासले मंगलबार जारी गरेको विज्ञप्तिमा उनको आँखाको नानी फुलिसकेको र स्थिर रहेको तथा बीपी र प्लस अनरेकर्डेबल भएकाले चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गरेको उल्लेख छ । तर, त्यति गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि मंगलबार बिहान ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।

दासका अनुसार नेम्वाङलाई मंगलबार राति १ बजेर ५० मिनेटमा अस्पताल लगिएसँगै चिकित्सकले जाँच थालेका थिए ।

अस्पतालले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

372677907_200765219536691_1990691733232401311_n