२४ बैशाख २०८३, बिहीबार
वीरगञ्जको विर्तामा रहेको बालसुधार गृह मंगलबार साँझदेखि तनाव ग्रस्त बनेको छ। सुधार केन्द्र भित्र रहेका बाल कैदीबन्दीको समूहले नाराबाजी लगाउदै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेको हो। वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना घाइते भएका छन्। उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन्।
गएराति ८ बजेबाट नाराबाजीमा उत्रिएका उनीहरुले एक्कासी ढुंगा र इट्टा प्रहार गर्न थालेपछि स्थिती तनाव ग्रस्त बनेको हो । पर्साका प्रहरी उपरिक्षक कोमल शाहको नेतृत्वमा ठूलो संख्यामा रहेको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको थियो । अवस्था अहिले सामान्य रहेपनि के कारणले बालसुधार केन्द्र भित्र रहेका बालकहरुले आन्दोलन गरेका हुन भन्ने कुरा अझै बाहिर आउन सकेको छैन ।

