२४ बैशाख २०८३, बिहीबार
नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्यूरो (सीआईबील)ले विदेशबाट ब्रेक शुमार्फत् ल्याइएको तस्करीको ३०२ किलो सुन बरामद भएको दावी गरेको छ।
उनले भनिन्,’रेडी ट्रेड लिंकबाट आयातित भएको ६० किलो सुनपछि आएर ब्रेक प्याडहरूलाई यकिन तौल गर्दा ३०२ किलो देखिएको छ। बाँकी ब्रेक प्याडहरू यकिन तौल गर्दा ३०२.६२ किलो थप सुन पुगेको हो।’


उनका अनुसार सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरी मुद्दा ल्याउँदैछ। तस्करको समूहले अन्य माध्यमबाट पनि सुन ल्याएको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सुन प्रकरणमा सीआईबीको ४२ जनाको टोलीले अनुसन्धान गरेको थियो। सुन तस्करमा नेपाली,भारतीय,चाइनिज र ताइवानी नागरिक संलग्न रहेको पाइएको छ।