५ मंसिर २०८१, बुधबार
राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
राप्रपाले गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गरेको हो ।
राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गरेको हो ।
आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहेको थियो।