विद्यालय ठप्प पारेर बानेश्वरमा सडक आन्दोलनमा शिक्षक(फोटोफिचर)

होमल्याण्ड खबर

२०८० आश्विन ४ गते, बिहीबार १४:२० मा प्रकाशित

देशभरका शिक्षक बुधबारदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । आफ्ना विभिन्न माग पूरा गराउन उनीहरूले सरकारलाई दबाब दिएका हुन् ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन् । बिहीबार उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरे । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । सो क्षेत्रमा तनावको स्थिति देखिएको छ ।