९ मंसिर २०८१, आईतवार
प्रभु बैकले सोमबारदेखि काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित थानकोटमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बाग्मती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्यनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको बैकले जनाएको छ । थानकोटस्थित बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बाग्मती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट निःशुल्क रुपमा जम्मा गर्न सकिने हुँदा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज भएको बताए ।
सोमबारदेखि सञ्चालनमा आएको बैंकको थानकोट शाखा कार्यालयबाट बाग्मती अञ्चलभरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारण र उद्यमी व्यवसायीहरुले पनि आपm्नै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।