पार्टीलाई संघीयता मन परेको छैन भने हटाइदिऔँ : जीवनबहादुर शाही

होमल्याण्ड खबर

२०८० आश्विन ५ गते, शुक्रबार १५:५१ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनका लागि संविधान अनुसार अधिकार प्रत्यायोजन हुनेगरी कानुन बन्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा नेता शाहीले संविधान कार्यान्वयन गर्न त्यस अनुसारको कानुन बनाउन आवश्यक रहेका बताए ।

‘यदि संघीयता हाम्रो पार्टीलाई नै मन परेको छैन भने यसलाई हटाइदिऔँ । बिना कामको त्यसै मन्त्री भनेको छ, मुख्यमन्त्री भनेको छ । होइन भने कानुनमा संविधानले दिएको अधिकार प्राप्त गर्न हामी अगाडि बढ्नुपर्छ ,’ पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले भने ।

प्रदेश सरकारले आफ्नो भवनसमेत बनाउन सक्ने कानुनी आधार नरहेको भन्दै अधिकार नदिएर संघीयता भनिरहन नहुने बताए । संघीयता भन्न त्यस अनुसार अधिकार प्रत्यायोजित गर्दै कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।