चितवनको बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

होमल्याण्ड खबर

२०८० आश्विन ७ गते, आईतवार ११:१३ मा प्रकाशित

चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा डुबेर एक जना बैंकका कर्मचारीको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए।

दिउँसो नुहाउने क्रममा बेपत्ता भएका तिमिल्सिनाको शव साँझ भेटिएको थियो।