९ मंसिर २०८१, आईतवार
ईकमर्स प्याटफर्म दराज डटकमले नोभेम्बर ११ (कात्तिक २५ गते) नेपालमा पहिलो पटक ‘सेल डे’ मनाउने भएको छ ।
नयाँ दराज एपको सुरुवातपछि कम्पनीले यो योजना ल्याएको हो । दराजको अभिभावक कम्पनी अली बाबाले ब्ल्याक फ्राइडेका रूपमा मनाउँदै आएको ११.११ को नेपालमा पनि मनाउन लागिएको छ । यसमा ग्राहक ठूलो छुट अफर, फ्यास सेल्स, हजारौँ ब्रान्डका भौचरहरू, मिस्ट्री बक्स र अन्य उपहारका साथै पूर्ण सपिङ गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ दराज एपमा हुने यस एकदिने सेल उत्सव ई–कमर्श कम्पनीमध्ये अहिलेसम्मको ठुलो सेला हुने कम्पनीका प्रबन्ध निर्देशक राजीव अमात्यले बताए ।
नेपाली मिति अनुसार कात्तिक २५ मा ग्राहकले अर्डर गर्न सक्नेछन् । पछिल्लो समयमा अनलाइनमार्फत किनमेल गर्ने नेपालीको संख्या बढेको छ । अनलाइनमै ब्रान्ड, मूल्यलगायतका सबै कुरा जान्न पाइने र आफ्नो अर्डरविपरीतको भएमा फिर्ता गर्नसमेत पाइन्छ । कम्पनीले नोभेम्बर ११ मा १ लाख अर्डर लिने जनाएको छ । आफ्नो वयरहाउसमा भएका सामान अर्डर भएको ५ दिनभित्र र नभएका सामान अर्डर भएमा १० दिनमा डेलिभरि दिनेछ । यो दिन कम्पनीले ८० प्रतिशतसम्मको छुट दिने जनाएको छ ।