शिक्षा विधेयकबारे कांग्रेसले विज्ञसँग छलफल गर्दै

होमल्याण्ड खबर

२०८० आश्विन १० गते, बुधबार १४:३५ मा प्रकाशित

शिक्षा विधेयकमाथि विषय विज्ञसँग नेपाली कांग्रेसले  छलफल गर्ने भएको छ।

कांग्रेसका सांसदहरुसँग छलफल गर्नका लागि शिक्षा क्षेत्र सम्बद्ध विभिन्न व्यक्तिहरुलाई बोलाइएको छ।

बुधबार हुने छलफलमा शिक्षाविद् विद्यानाथ कोइराला र धनञ्जय शर्मा, पूर्वसचिव जनार्दन नेपाल, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल लगायतलाई बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

विषय विज्ञका रुपमा आमन्त्रितहरुले सांसदहरुलाई विधेयकमा शिक्षा क्षेत्रका समस्या र विधेयकमा उल्लेखित विषयमा छलफल गर्नेछन् । आमन्त्रितहरुलाई २० देखि ३० मिनेटको बोल्नका लागि समय उपलब्ध गराइएको छ । उनीहरु बोलिसकेपछि कांग्रेसका सांसदहरुले जिज्ञासा राख्नेछन् ।

कांग्रेसले हिजाे शिक्षा विधेयकका विषयमा शिक्षक संम्वद्ध संगठनका नेताहरुसँग छलफल गरेको थियो ।