२४ बैशाख २०८३, बिहीबार
राहत शिक्षकहरूले काठमाडौंमा आजपनि आन्दोलन जारी राखेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा माइतीघर मण्डलमा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।
यसअघि सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूलाई निरन्तरता दिएका हुन् । बुधबार पनि उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।


आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ।