५ मंसिर २०८१, बुधबार
६० किलो बढी सुन तस्करी प्रकरणको मुद्दामा आज (शुक्रबार) प्रतिवादीका कानुन व्यवसायीले बहस गर्दैछन्। यस प्रकरणमा सरकारी वकिलकाे तर्फबाट बहस सकिएसँगै प्रतिवादीका कानुन व्यवसायीले बहस गर्न लागेका हुन्।
बुधवारबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अधिकारीहरूले बहस थालेका हुन्।
सुन प्रकरणमा सरकारको तर्फबाट जिल्ला महान्यायाधिवक्ता जनक प्रसाद घिमिरे, सहायक जिल्ला महान्यायाधिवक्ता चन्द्र प्रसाद सन्जेल, युवराज पौडेल, निर्मला मरासिनी र सुर बहादुर परियारले बहस गरेका छन् ।
बहस गरेका सरकारी वकिलहरुले अभियोगको बचाउ गर्दै पक्राउ परेर अभियोगपत्रसँगै पेस भएका सबै आरोपीलाई धरौटी वा तारेखमा रिहा गर्न नमिल्ने भएकाले पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बुधवारबाट थुनछेक बहस सुरु भएको हो । सुन प्रकरणमा अहिले २६ जना थुनामा छन्।
अदालती बयानमा अधिकांशले आरोप अस्वीकार गरेका छन्।