९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंक र टिच फर नेपालबीच समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य गर्ने सहमति भएको छ ।
सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्ने कार्यका लागि टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको छ ।
यस अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका निर्देशक विरेन्द्र कुमार शाहले टिच फर नेपाललाई पाँच लाखको चेक हस्तान्तरण गरी बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्नस्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्नेछ भन्ने आशा व्यक्त गरे ।