नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

होमल्याण्ड खबर

२०८० आश्विन १६ गते, मंगलवार १३:३१ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

धार्मिक दंगाको स्थिति उत्पन्न हुन नदिन  मङ्गलवार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो ।

मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको हाे। आइतबार मुस्लिम समुदायले निकालेको र्यालीले उग्र रूप लिएपछि अर्को समूह उत्तेजित भएको थियो।

मङ्गलवार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।