२४ बैशाख २०८३, बिहीबार
नेपाल विद्युत प्राधिकरणका एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मु्द्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी विद्युत प्राधिकरण,इनरुवा वितरण केन्द्रमा कार्यरत चौथो तहका विर्जकुमार महतोविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मु्द्दा दायर गरेको हो।
महतोमाथि २५ हजार रुपैयाँ विगो दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ। गत भदौ १९ गते अख्तियारले महतोलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको थियो।

