५ मंसिर २०८१, बुधबार
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले काेशी प्रदेशमा मध्यावधि तर्फ जानु उचित नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मध्यावधिमा जानुभन्दा मिलेर अगाडि बढ्न अन्य दललाई आग्रह समेत गरे।
उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’
अर्को प्रसङ्गमा ओलीले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताएका छन् । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम हुँदैन,’ उनले भने, ‘यो देश र जनताका लागि राम्रो होइन हितकर होइन । अन्य अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ ओलीले भने ।
महाकालेश्वर देखि मानसरोवर सम्मको धार्मिक यात्रालाई उनले पाप पखाल्न गएको आरोप लगाएका छन्।
देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस नबोलेको भन्दै ओली आक्रोशित बनेका थिए ।
ओलीले भने ‘देशमा कांग्रेस कहाँ छ। घोच्दा दुख्छ दुख्दैन भनेर कांग्रेसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा कांग्रेसका नेताहरू । राजनीतिक गर्ने पार्टीले बोल्नु पर्थ्यो । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन’ उनले भने ।