२४ बैशाख २०८३, बिहीबार
आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनसन बस्न आज पनि भारती मानन्धर माइतीघर पुगेकी छन्।
माइतीघरमा हिजाे २ घण्टा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारतीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।


श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी हुन् ।
अस्पतालबाट आज डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन।