५ मंसिर २०८१, बुधबार
नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भइ सजाय काटिरहेका रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएको निर्णयविरुद्धमा परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरू भएको छ। न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा रिटको प्राम्भिक सुनुवाइ सुरू भएको हो।
भारती चेतनकी पत्नी हुन्। यसअघि सोमबार र मंगलबार रिटमाथि सुनुवाइका लागि पेशी चढेपनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो। सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजालसमा रिटको पेशी चढेको थियो।
रिट निवेदनमा राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,गृहमन्त्रालय,जिल्ला प्रशासन कार्यालय बाँके,जिल्ला कारागार कार्यालय दाङ,जिल्ला प्रशासन कार्यालय दाङ र महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंलाई विपक्षी बनाइएको छ।
रिगलले खुँडा प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतनको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति पौडेलको निर्णय बदरको माग गर्दै फेरि कारागार पठाउन भारती सर्वोच्च पुगेकी हुन् । उनले श्रीमानलाई न्यायका लागि बुधबारदेखि काठमाडौंको माइतीघरमा अनशन समेत सुरू गरेकी छन्।
बुधबार अनशनस्थलबाटै सर्वोच्च पुगेकी भारती तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै ढलेकी थिइन्। त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो। उपचारपछि आज उनले फेरि अनशन थालेकी हुन्।